मिर्गौलाको पत्थरी थाहा पाउन पिसाब जाँच गराउनुस् « Khabarhub

मिर्गौलाको पत्थरी थाहा पाउन पिसाब जाँच गराउनुस्


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ व्यवहार चुस्त दुरुस्त राख्न हिसाब ठीक हुनुपर्छ । अनि स्वास्थ्य मजबुद बनाउन पिसाब ठीक हुनुपर्छ । त्यसैले शरीरमा कुनै समस्या आए पिसाब जाँच गराउनु आवश्यक छ । पिसाब जाँचबाट धेरै रोगको निदान सम्भव छ । यसले मूत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकलअवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ । त्यसैले, जुनैसुकै विषयका बहिरंग तथा अन्तरंग विभागका चिकित्सकले पनि बिरामीलाई पिसाब जाँचका लागि सिफारिस गर्छन् ।

कस्तो अवस्थामा पिसाब जाँच गराउने
पिसाब पोलेमा
रगत देखा परेका
साबिकभन्दा छिट–छिटो पिसाब लागेमा
पिसाब गर्दा ननिख्रेमा
पिसाबको धारा सानो आएमा
अन्डकोष तथा तल्लो पेट दुखेमा
कोखा दुखेमा वा काम ज्वरो आएमा
पिसाब चुहिने समस्या भएमा

के–के जाँच गर्ने ?
मुख्यतः पिसाबको रंग, रूप, एसिडिटीको लेभल, सुगर र प्रोटिन हेरिन्छ। साथै, माइक्रो स्कोपबाट पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छ। पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न हार्मोन तथा मूत्र प्रणालीको पत्थरीको विशेष जाँच गरिन्छ।

जाँचबाट निम्न रोगको निदान
पिसाबको संक्रमण, मूत्रप्रणालीको क्यान्सरलगायत विभिन्न रोग, तथा मिर्गौलाको पत्थरीलगायतको अवस्थाबारे जानकारी हुन्छ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ०९ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा