मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र साथमा जानेछ « Khabarhub

मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र साथमा जानेछ


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन एक धनाढ्य व्यापारीले छोरालाई आफ्नो अन्तिम इच्छापत्र दिँदै भने- छोरा, म मरेपछि मेरा खुट्टामा फाटेका मोजा लगाइदिनू । यो मेरो जीवनको अन्तिम इच्छा हो । केही समयपछि व्यापारीको मृत्यु भयो । बाबुको मृत्युपछि छोराले बाबुको अन्तिम इच्छा सम्झियो ।

उसले पण्डित र आफन्तजनसामु बाबुको अन्तिम इच्छा बतायो । साथै, उसले बाबुको लिखित इच्छापत्र पनि देखायो । तर, पण्डितले उसको याचना अस्वीकृत गर्दै भने– तपाईंका पिताको अन्तिम इच्छा त हो, तर हाम्रो धर्मले यस्तो अनुमति दिँदैन ।

छोराले बाबुको अन्तिम इच्छा जसरी पनि पूरा गरेरै छाड्ने जिद्दी गर्‍यो । त्यहाँ उपस्थित सबै ठुल्ठूला पण्डित र उनका आफन्तजनले यस विषयमा कुनै समाधान निकाल्न सकेनन् । उनीहरू सबैले धर्मको दुहाई दिँदै मृतकका पाउमा फाटेका मोजा लगाइदिन नमिल्ने अड्डी लिए ।

यही अन्योलबीच मृतक व्यापारीका विश्वासप्राप्त वकिल त्यहाँ आइपुगे र व्यापारीले लेखेको एउटा हस्तलिखित पत्र छोरालाई दिए । पत्रमा लेखिएको थियो– मेरा प्यारा छोरा, देख्दै छौ नि ? सम्पत्ति, घर, जग्गा, गाडी, ठुल्ठूला कारखाना, फार्म हाउस सबै साथमा हुँदाहुँदै पनि मरेपछि एक जोर फाटेको मोजा पनि साथमा लान पाइन्न ।

एक दिन तिम्रो पनि मृत्यु निश्चित छ । त्यसैले, सचेत रहनू । तिमीले पनि एक सादा सेतो कपडामै बेरिएर जानुपर्नेछ, जसमा कुनै गोजीसम्म हुँदैन । त्यसैले याद राख, धन-सम्पत्तिका लागि कसैलाई दुःख नदेऊ, गलत तरिकाबाट धन कमाउने बाटो रोज्दै नरोज । किनकि, मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र तिम्रो साथमा जानेछ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : १६ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष