मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र साथमा जानेछ « Khabarhub

मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र साथमा जानेछ


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन एक धनाढ्य व्यापारीले छोरालाई आफ्नो अन्तिम इच्छापत्र दिँदै भने- छोरा, म मरेपछि मेरा खुट्टामा फाटेका मोजा लगाइदिनू । यो मेरो जीवनको अन्तिम इच्छा हो । केही समयपछि व्यापारीको मृत्यु भयो । बाबुको मृत्युपछि छोराले बाबुको अन्तिम इच्छा सम्झियो ।

उसले पण्डित र आफन्तजनसामु बाबुको अन्तिम इच्छा बतायो । साथै, उसले बाबुको लिखित इच्छापत्र पनि देखायो । तर, पण्डितले उसको याचना अस्वीकृत गर्दै भने– तपाईंका पिताको अन्तिम इच्छा त हो, तर हाम्रो धर्मले यस्तो अनुमति दिँदैन ।

छोराले बाबुको अन्तिम इच्छा जसरी पनि पूरा गरेरै छाड्ने जिद्दी गर्‍यो । त्यहाँ उपस्थित सबै ठुल्ठूला पण्डित र उनका आफन्तजनले यस विषयमा कुनै समाधान निकाल्न सकेनन् । उनीहरू सबैले धर्मको दुहाई दिँदै मृतकका पाउमा फाटेका मोजा लगाइदिन नमिल्ने अड्डी लिए ।

यही अन्योलबीच मृतक व्यापारीका विश्वासप्राप्त वकिल त्यहाँ आइपुगे र व्यापारीले लेखेको एउटा हस्तलिखित पत्र छोरालाई दिए । पत्रमा लेखिएको थियो– मेरा प्यारा छोरा, देख्दै छौ नि ? सम्पत्ति, घर, जग्गा, गाडी, ठुल्ठूला कारखाना, फार्म हाउस सबै साथमा हुँदाहुँदै पनि मरेपछि एक जोर फाटेको मोजा पनि साथमा लान पाइन्न ।

एक दिन तिम्रो पनि मृत्यु निश्चित छ । त्यसैले, सचेत रहनू । तिमीले पनि एक सादा सेतो कपडामै बेरिएर जानुपर्नेछ, जसमा कुनै गोजीसम्म हुँदैन । त्यसैले याद राख, धन-सम्पत्तिका लागि कसैलाई दुःख नदेऊ, गलत तरिकाबाट धन कमाउने बाटो रोज्दै नरोज । किनकि, मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र तिम्रो साथमा जानेछ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : १६ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय