मोदीको दोश्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक आगामी बुधबार « Khabarhub

मोदीको दोश्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक आगामी बुधबार


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल अन्तर्गत नयाँ मन्त्रिरिषद्को पहिलो बैठक आगामी बुधबार बस्ने भएको छ ।

मोदीको नयाँ कार्यकालको पहिलो बैठक जुन १२ अर्थात् आगामी बुधबार बस्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो बैठकमा नयाँ सरकारले आगामी पाँच वर्षे कार्यकालको लक्ष्य निर्धारण गरी योजना अघि सार्ने जनाइएको छ ।

यसअघि नै मन्त्रीहरुलाई आगामी पाँच वर्षसम्म आफुले गर्ने प्रमुख कामको प्रारम्भीक योजना बनाउन निर्देशन दिइएको थियो ।

भारी बहुमतबाट दोश्रो कार्यकालका लागि निर्वाचित भएका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मे ३० का दिन सपथ ग्रहण गरेका थिए । सपथ ग्रहणको भोलिपल्टै उनले आफ्ना मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

सपथ ग्रहणका दुई सातापछि मोदीले मन्त्रीपरिषद्को पहिलो बैठक डाकेका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ४१ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको