हराएको ८ दिनपछि कीर्तिपुरको जंगलमा मृत फेला परे खनाल | Khabarhub Khabarhub

हराएको ८ दिनपछि कीर्तिपुरको जंगलमा मृत फेला परे खनाल


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत जेठ १७ गतेदेखि हराइरहेका शिशिर खनाल मृत फेला परेका छन् ।

काठमाडौं मेडिकल कलेमा चिकित्सा शास्त्र(एमबीबीएस) चौंथो वर्ष अध्ययनरत २४ वर्षिय खनाल शनिवार अपराह्न कीर्तिपुरको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।

अर्घाखाँची स्थायी घर भएका खनालको मोटरसाइकल १७ गते कीर्तिपुरस्थित पुष्पलाल पार्कमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

शनिबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कीर्तिपुरबाट खटिएको टोलीले कीतिपुरको पुष्पलाल पार्क नजिकैको जंगलमा खनालको शव फेला पारेको जनाएको छ । केही दिन अघिदेखि सोही क्षेत्रलाई आधार बनाएर प्रहरीले खोजी गरिरहेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले खनालको शव फेला परेको बताए । उनले भने, ‘खनालको शव फेला परेको छ। केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा छ’, बोगटीले भने, ‘उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान जारी रहेको छ ।ु

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ४ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग