हराएको ८ दिनपछि कीर्तिपुरको जंगलमा मृत फेला परे खनाल « Khabarhub

हराएको ८ दिनपछि कीर्तिपुरको जंगलमा मृत फेला परे खनाल


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत जेठ १७ गतेदेखि हराइरहेका शिशिर खनाल मृत फेला परेका छन् ।

काठमाडौं मेडिकल कलेमा चिकित्सा शास्त्र(एमबीबीएस) चौंथो वर्ष अध्ययनरत २४ वर्षिय खनाल शनिवार अपराह्न कीर्तिपुरको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।

अर्घाखाँची स्थायी घर भएका खनालको मोटरसाइकल १७ गते कीर्तिपुरस्थित पुष्पलाल पार्कमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

शनिबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कीर्तिपुरबाट खटिएको टोलीले कीतिपुरको पुष्पलाल पार्क नजिकैको जंगलमा खनालको शव फेला पारेको जनाएको छ । केही दिन अघिदेखि सोही क्षेत्रलाई आधार बनाएर प्रहरीले खोजी गरिरहेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले खनालको शव फेला परेको बताए । उनले भने, ‘खनालको शव फेला परेको छ। केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा छ’, बोगटीले भने, ‘उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान जारी रहेको छ ।ु

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ४ : ५६ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक