बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु | Khabarhub Khabarhub

बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतका प्रधानमन्त्री टेरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको होड शुरु भएको छ ।

सत्तारुढ दलको संसदीय नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले मेको भूमिका अब कामचलाउन प्रधानमन्त्रीमा मात्र सिमित हुने जनाइएको छ । मेको ठाउँमा आगामी महिनाको अन्त्यसम्म कन्जरभेटिभ पार्टी अर्को संसदीय दलको नेता चयन गर्ने छ ।

आगामी प्रधानमन्त्री बन्ने होडमा कन्जरभेटिभ पार्टीका ११ नेता छन् ।

बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे मेले ल्याएको प्रस्ताव पटक– पटकसम्म असफल भएपछि उनले राजीनामा दिने यसअघि नै घोषणा गरिसकेकी थिइन् ।

प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ५ : ०७ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन