अरुको नाममा कोरियन भाषाको जाँच दिन गएका ५५ जना पक्राउ « Khabarhub

अरुको नाममा कोरियन भाषाको जाँच दिन गएका ५५ जना पक्राउ


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो ।

पहिलो चरणको पहिलो दिनको पहिलो सिफ्ट र दोस्रो सिफ्ट कोरियन भाषा परीक्षाको २८ वटा परीक्षा केन्द्रहरुबाट अर्को ब्यक्तीको नाममा परीक्षा दिन परीक्षा हलभित्र प्रबेश गरेका २ महिला र ५३ जना पुरुष गरी जम्मा ५५ जना नक्कली प्रशिक्षार्थीहरुलाई फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी ईकाईहरुमा बुझाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबार आजबाट शुरु भएको छ । शनिबार र आइतबार काठमाडौं र पोखरामा सञ्चालन हुने भाषा परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् ।

आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।

गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । यस परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुनेछ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजाने तयारी छ ।

जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, परीक्षार्थीले सोही अनुरूप भाषा परीक्षा दिनुपर्छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला भएको थियो ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : ३५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल