संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ? « Khabarhub

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ । बुधबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्दैछ ।

एमालेका वरिष्ठ नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्ने चर्चा छ । युवा नेतामा भने इलामबाट निर्वाचित सुहाङ नेम्वाङको नाम चर्चामा छ । ताप्लेजुङबाट निर्वाचित एमाले युवा संघठनका अध्यक्षसमेत रहेका क्षितिज थेबेको नामसमेत चर्चामा छ । धनकुटाबाट प्रत्यक्ष जितेका राजेन्द्रकुमार राईसमेत चर्चामा छन् । प्रत्यक्षतर्फ एक जना पनि महिला विजयी नभएकाले समानुपातिकतर्फ विजयी पद्मा अर्यालको नामसमेत दलको नेताका रुपमा चर्चामा छ ।

संसदीय फाँटमा एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक गरेर चार नेतालाई जिम्मेवारी दिनसक्छ ।

फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ क्षेत्र जितेको छ ।

नेता बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : २७ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट