भारतले विषादी परीक्षण गरेर मात्र नेपालबाट लैजान्छ चिया, अलैंची, जडीबुटी: नेपालीलाई सास्ती | Khabarhub Khabarhub

भारतले विषादी परीक्षण गरेर मात्र नेपालबाट लैजान्छ चिया, अलैंची, जडीबुटी: नेपालीलाई सास्ती


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् ।

भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन ।

नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्तीबारे भने सरकारले चासो दिएको छैन।

नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ। त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेको नेपाली व्यापारी बताउँछन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको समाचार आजको अन्नपूर्णमा प्रकाशन भएको छ ।

पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट भारत निकासी गर्ने कृषिजन्य बस्तुको नमुना कोलकाता लैजाँदा व्यापारीको ठूलो खर्चसमेत हुने गरेको छ। ‘हामीले लगेका कृषिजन्य बस्तुको भारतीय सीमामा परीक्षण हुँदैन, कोलकाताको प्रयोगशालामा लगेर परीक्षणपछि रिपोर्ट ल्याउनुपर्छ। त्यति काम सकिन १५ दिनसम्म लाग्ने गरेको छ,’ विराटनगरका व्यापारी अनिस श्रेष्ठले भने।

टाढा रहेको कोलकाताबाट लामो समयपछि रिपोर्ट आउँदा धेरैजसो कृषिजन्य वस्तु राखेकै ठाउँमा सड्ने गरेको उनको अनुभूति छ। ‘३/४ दिनमा रिपोर्ट आए केहि फरक पर्दैन। १५ दिनसम्म सीमानामा पर्खेका छौ,’ उनले भने, ‘भारतले नेपाली बस्तुको विषादी मापनमा कडाई गरेको लामो समय भयो। तर, भन्सारमा प्रयोगशाला नराखी चलाइरहेको छ।’

नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवा, दाल, कोपीलगायत छन्। सबै वस्तुको भारतले पुर्णरुपमा विषादी परीक्षण गरेर मात्र भित्र्याउने गरेको छ। नेपालबाट जाने कृषिजन्य बस्तु उतै बढि उत्पादन हुने समयमा भारतले विषादी मापनको नाममा महिना दिनसम्म नाकामा रोकिदिएको अनुभवन नेपाली व्यवसायीसँग छ।

कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको अलैँची व्यावसायी महासंघका केन्द्रीय सचीव मातृका घिमिरे बताउँछन्। ‘भारतमै पनि चिया, अदुवा र अलैंची उत्पादन हुन्छ। आफ्नो देशको पहिले बेच्न कहिले काँही महिना दिनसम्म पनि सीमानामा हाम्रा उत्पादन रोकिन्छ। यसमा नेपाल सरकारले चासोनै दिदैन, हामिले धेरैपटक ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

भारत सामु आफूहरू सँधै निरिह बन्नु परेको नेपाली व्यवसायी गुनासो गर्छन। ‘भारतबाट आयात गरेको कृषिजन्य वस्तु नेपालले परीक्षण गर्न सुरु गरेको काम स्वागतयोग्य थियो। तर दवावमा सरकार पछि हटेको छ,’ विराटनगरका व्यवसायी मोहन भुजेलले भने, ‘नेपालमा त ३/४ दिनमै परीक्षण भएर भारतीय वस्तु छिरेका थिए। हामीलाई भन्दा भारतबाट आउनेलाई धेरै सहज थियो।’

नेपाली व्यापारी दुबै देशमा समान व्यवहार हुनुपर्ने बताउँछन्। ‘परीक्षण गर्न ३/४ दिन लाग्दा भारतलाई असहज हुने, १५ दिन लाग्दा नेपाललाई पनि असहज हुनुपर्छ’, उनले भने, ‘नेपाल आफ्नो निर्णयबाट पछि हट्ने हो भने भारतले पनि हामिलाई यो झन्झट नदिओस्।’

भारतीय केरा र भुइँकटहर खान अयोग्य

भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहर (अनारस) मा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ। प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाका हुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो।

‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भेटियो,’ प्रदेश १ विषादी मापन प्रगोशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन्, ‘यो मात्रा खान मिल्नेभन्दा केही बढि हो।’

उनका अनुसार विषादीको रुकावट प्रतिशत ३५ सम्म खान मिल्छ। ३५ देखी ४५ सम्म भए केहि दिन राखेर खानुपर्छ। ४५ भन्दा माथि भेटिए खान मिल्दैन। सरकारले विषादीको अनिवार्य परीक्षण गर्ने निर्णय गरेसँगै उक्त प्रयोगशालाले दैनिक ८० वटासम्म नमुना जाँचेको थियो। तीन नाकाबाट आएका नमुना दैनिक परीक्षण गरेर बढीमा २ दिनमै रिपोर्ट दिएको उनले जानकारी दिइन्।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ३५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको