त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ « Khabarhub

त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सोमबार । २०७६ साल असार २३ गते । आज प्रकाशित नयाँ पत्रिका दैनिकले कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ भन्दै विश्वविद्यालयभित्र प्रहरी चौकीदेखि राजधास्वामीको सत्संगसम्म चल्ने गरेको समाचार मुख्य प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन्।

त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन्। कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन। कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन्।

त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन्। त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ। केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन्।

कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ। तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन्। जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन्।

त्यस्तै नयाँ पत्रिका दैनिकले भदौभित्र संरचना गठन गरेर कांग्रेस महाधिवेशनमा जाने शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ६ : ५० बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता