वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्दा यस्तो फाइदा « Khabarhub

वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्दा यस्तो फाइदा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य  प्राप्ति हुन्छ  ।

वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन।

घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वदायी दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्धि हुने विश्वास गरिन्छ ।

घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबैभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम हुने, झैझगडा तथा कलह नहुने विश्वास गरिन्छ ।
घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छ।

घरको छतमा राखिने पानी ट्याङ्की दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा राख्नु वास्तुशास्त्रअनुसार अशुभ हुन्छ । अन्य दिशामा ट्यांकी राख्नुभएको छ भने दोष निवारणका लागि रातो धागोमा क्रिस्टल बाँधेर ट्यांकीमा झुण्ड्याउनुपर्छ ।

भान्सामा आगो र पानी नजिकै राख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता हुने वास्तु शास्त्रले बताउँछ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ०३ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु