उत्कृष्ट खेलाडीदेखि ४ अवार्डमा ब्राजिलको वर्चस्व « Khabarhub

उत्कृष्ट खेलाडीदेखि ४ अवार्डमा ब्राजिलको वर्चस्व


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ ।

आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले लामो समयपछि कोपाको उपाधि जितेको हो । ब्राजिल नवौं पटक कोपाको च्याम्पियन बनेको हो ।

प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो ।

फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो । यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि वर्चस्व जमाएको छ ।

कोपाको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लगायत ४ वटा पुरस्कारमा ब्राजिलले कब्जा जमाएको छ ।

ब्राजिलका ड्यानी आल्भेस उत्कृष्ट खेलाडी बनेका छन् भने गोल्डेन ग्लोभ्स अर्थात उत्कृष्ट गोलरक्षक पनि ब्राजिलका एलिसन बेकरले हात पारेका छन् । त्यस्तै उत्कृष्ट युवा खेलाडी  एभरटन सोआएसले हात पार्दा सर्वाधिक गोलकर्ताको उपाधि पनि सोआरेसले हात पारेका छन् उनले पेरुका पाउलो गुरेरोसँग पुरस्कार बाँडेका छन् । प्रतियोगितामा उनीहरुले समान ३ गोल गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ३१ बजे

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल