पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नातिनी पूर्णिकाले लेखिन् यस्तो मनछुने कविता « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नातिनी पूर्णिकाले लेखिन् यस्तो मनछुने कविता


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सवलाई उनकी नातिनीले कवितामार्फत सम्झिएकी छन् ।
उनले हजुरवुवाको जन्मदिन आउन लाग्दा सामाजिक सञ्जाल मार्फत सम्झिएकी छन् । जन्मोत्सवको पूर्वसन्ध्यामा उनकी नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा भावक स्टाटस लेखेकी छिन् । त्यो पनि कवितामा ।

उनले राष्ट्रको माया झल्काउने कविता स्टाटसमा लेखेर हजुरवुवालाई सम्झिएकी हुन्। सँगै उनले आफ्ना पिता पारस शाह र हजुरबा ज्ञानेन्द्रसँगको फोटो पनि सार्वजनिक गरेकी छन् ।
उनको कविता–

चुपचापको अर्थ जस्ले जसो लाए पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।

झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।

जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।

शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ ।

झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।

जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ४४ बजे

इजरायलमा आज आम निर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ