१० जना चढ्न मिल्ने यस्तो बाइक ! « Khabarhub

१० जना चढ्न मिल्ने यस्तो बाइक !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा अचम्म लाग्न सक्छ– एउटा बाइकमा १० जना चढ्न मिल्छ भनेर । दुइ, तीन जनासम्म बाइकमा चेढेर यात्रा गरेको देखेका हामीलाई एक बाइकमा १० जना चढ्न मिल्छ भन्दा पत्याउन पनि गाह्रो पर्ला ।

यद्यपि एकसाथ १० जना बस्न सक्ने बाइक पनि प्रचलनमा छ । बस्न मात्र होइन, यसमा १० जना आरामले बसेर कुदाउन सकिन्छ ।

तर, यो कुरालाई सम्भव बनाए, स्टिभ हापिन्सले । स्टिभले विश्वको सवैभन्दा पुरानो मोटरसाइल ब्रान्ड हार्ले डेभिडसन बाइकलाई आश्चर्यजनक रुप दिएका छन् ।

स्टिभले यस बाइकमा एक या दुइ होइन, १० सिटको प्रयोग गरेका छन् । यी १० सिटमा मानिसहरु सजिलै वसेर यात्राको मज्जा लिन सक्छन् ।

यो हेर्नमा पनि आकर्षक छ । यसको उत्कृष्ट इन्जिन क्षमताले पनि सवैको मन लोभ्याउन सक्छ । १० सिट भएको कारण यो बाइक तुलनात्मक रुपमा निकै लामो छ ।

खासगरी यो बाइक हार्ले डेभिडसनको ऐतिहासिक सफलता प्रदर्शन गर्नका लागि बनाइएको हो । यो बाइक लामो भएपनि सहज रुपमा सञ्चालन होस् भन्ने हेतुले यसमा कुल ७ इन्जिन प्रयोग गरिएको छ ।

यसमा प्रयोग भएका सवै ७ इन्जिन चलाउन सकिन्छ । तर, लामो दुरीको यात्राका लागि यो सम्भव छैन । यदि लामो यात्रामा यी ७ इन्जिन चलायो भने त्यो तातिने खतरा रहन्छ ।

हार्ले डेभिडसनको यो बाइकमा दमदार टायर र फ्रन्ट डिस्क ब्रेक प्रयोग गरिएको छ, जसले बाइकलाई उत्कृष्ट र सन्तुलित गति प्रदान गर्छ । यो बाइकको निर्माण पछि स्टिभ एकदमै उत्साहित छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : २५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी