१० जना चढ्न मिल्ने यस्तो बाइक ! « Khabarhub

१० जना चढ्न मिल्ने यस्तो बाइक !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा अचम्म लाग्न सक्छ– एउटा बाइकमा १० जना चढ्न मिल्छ भनेर । दुइ, तीन जनासम्म बाइकमा चेढेर यात्रा गरेको देखेका हामीलाई एक बाइकमा १० जना चढ्न मिल्छ भन्दा पत्याउन पनि गाह्रो पर्ला ।

यद्यपि एकसाथ १० जना बस्न सक्ने बाइक पनि प्रचलनमा छ । बस्न मात्र होइन, यसमा १० जना आरामले बसेर कुदाउन सकिन्छ ।

तर, यो कुरालाई सम्भव बनाए, स्टिभ हापिन्सले । स्टिभले विश्वको सवैभन्दा पुरानो मोटरसाइल ब्रान्ड हार्ले डेभिडसन बाइकलाई आश्चर्यजनक रुप दिएका छन् ।

स्टिभले यस बाइकमा एक या दुइ होइन, १० सिटको प्रयोग गरेका छन् । यी १० सिटमा मानिसहरु सजिलै वसेर यात्राको मज्जा लिन सक्छन् ।

यो हेर्नमा पनि आकर्षक छ । यसको उत्कृष्ट इन्जिन क्षमताले पनि सवैको मन लोभ्याउन सक्छ । १० सिट भएको कारण यो बाइक तुलनात्मक रुपमा निकै लामो छ ।

खासगरी यो बाइक हार्ले डेभिडसनको ऐतिहासिक सफलता प्रदर्शन गर्नका लागि बनाइएको हो । यो बाइक लामो भएपनि सहज रुपमा सञ्चालन होस् भन्ने हेतुले यसमा कुल ७ इन्जिन प्रयोग गरिएको छ ।

यसमा प्रयोग भएका सवै ७ इन्जिन चलाउन सकिन्छ । तर, लामो दुरीको यात्राका लागि यो सम्भव छैन । यदि लामो यात्रामा यी ७ इन्जिन चलायो भने त्यो तातिने खतरा रहन्छ ।

हार्ले डेभिडसनको यो बाइकमा दमदार टायर र फ्रन्ट डिस्क ब्रेक प्रयोग गरिएको छ, जसले बाइकलाई उत्कृष्ट र सन्तुलित गति प्रदान गर्छ । यो बाइकको निर्माण पछि स्टिभ एकदमै उत्साहित छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : २५ बजे

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का