११ महीनामा सवारी दुर्घटनामा ७९ को मृत्यु « Khabarhub

११ महीनामा सवारी दुर्घटनामा ७९ को मृत्यु


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् ।

चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहा जनाएको छ ।

चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्लङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमताभन्दा बढी यात्रु बोक्ने, साँघुरो सडक, सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनु सवारी दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

जिल्लामा ट्राफिक जनशक्ति अपुग भएर सबै ठाउँमा ट्राफिकपोष्ट नभए पनि ‘सरप्राइज’ चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकको स्वास्थ परीक्षण, विद्यालय सम्र्पक कार्यक्रम, सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनीकरणका लागि लगातार प्रयास गरिरहेको ट्राफिक प्रहरी निरीक्षक बस्नेतले बताए ।

ट्राफिक नियमको उल्लङ्घन गरी चलाएको बस, ट्रक, कार, जिप, ट्र्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई कारवाही गर्दा आर्थिक वर्ष २०७५/७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताए ।

गत आर्थिक वर्ष २०७४/७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : २० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको