प्रधानमन्त्रीका सल्लाहकारलाई रामकुमारीको जवाफ– सत्ताको उन्माद ! « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारलाई रामकुमारीको जवाफ– सत्ताको उन्माद !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार विहान गरेको एउटा ट्वीटले नेकपामा चर्को बहस चलेको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रहेका रिमालले ट्वीटमा लेखेका थिए– भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुस्ख दिन्छन् १ यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?

उनको यो ट्वीटलाई लिएर आइतबार देखि नै सामाजिक सञ्जाल निकै गर्माएको छ । राजनीतिक सल्लाहकारको भाषादेखि उनले कसलाई इंगित गर्न खोजेको भन्दै बहस निकै चलेको छ ।

यसै सन्दर्भमा नेकपाकी सांसदसमेत रहेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाललाई सामाजिक सञ्जालमार्फत नै कडा जवाफ फर्काएकी छिन् ।

ट्वीटमा उनले राज्यसत्ताको केन्द्रमा रहने व्यक्तिको रुपमा यो (विष्णु रिमालको) ट्वीट उत्कृष्ठ ट्वीट भएको बताएकी छिन् । यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना भएको उनको भनाइ छ ।

ट्वीटमा झाक्रीले प्रश्न गरेकी छिन् सत्ता कसरी कता जाँदैछ ? यो सत्ता र उन्माद कस्तो हुन्छ भनेर आज सम्झदै गरेको उनले ट्वीटमा उल्लेख गरेकी छिन् ।
यस्तो छ उनको ट्वीट

रिमालले गरेको ट्वीटमा प्रतिक्रिया जनाउने अधिकांशले रिमाललाई कडा जवाफ दिएका छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को