नेपालगञ्जमा चक्रपथ निर्माणको काम पाँच वर्षदेखि अलपत्र « Khabarhub

नेपालगञ्जमा चक्रपथ निर्माणको काम पाँच वर्षदेखि अलपत्र


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– करीब पाँच वर्षअघि ‘सर्भे’ गरिएको नेपालगञ्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ ।

सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र रहने गरी सर्भे भएको चक्रपथ निर्माण अन्योलमै छ ।

चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो । सरकारले रु दुई करोड २० लाख शुरुमै विनियोजन गरेको थियो ।

एक करोड नौ लाख २७ हजार ४०० मा ठेक्का भएर ८२३ मिटर चौलिका चोक नजिक कालोपत्र भएको छ, जसमा निर्माण व्यवसायीले रु एक करोड तीन लाख ८३ हजार भुक्तानीसमेत लिइसकेको छ ।

सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौँ बजेट छुट्याउँदै आएको थियो । गत आर्थिक वर्षमा मात्रै रु सात करोड ४५ लाख बजेट चक्रपथ निर्माण गर्न विनियोजन गरिएको थियो । तर, चक्रपथको काम नहुँदा रकमान्तर गरी पुल निर्माणमा खर्च गरिएको छ ।

गत आर्थिक वर्षमा रु सात करोड ३५ लाख विनियोजन भएको थियो । तर चक्रपथ निर्माण योजना नै बन्द हुने देखिएपछि रकमान्तर गर्नुपरेको थियो । “सरकारले चक्रपथ निर्माणका लागि ठूलो स्तरमा बजेट विनियोजन गरेको छैन”, सानो स्तरको बजेटले काम गर्ने स्थिति नभएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा बताउँछन् ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अन्यत्र क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआब्जा दिन नसकिने स्थिति देखिएपछि चक्रपथ योजना करीब अन्त्य भएको प्रमुख डा राणाले बताउँदै आएका छन् । चक्रपथ सिक्टा आयोजनाको नहरलाई आधार बनाएर सर्भे गरिएको थियो । तर, सिक्टाको नहर निर्माण सम्पन्न नभएकाले चक्रपथ निर्माणले गति लिन सकेन ।

“जनप्रतिनिधिका हैसियतले समन्वयकारी भूमिका खेल्न स्थलमै गएर अध्ययन गरेँ”, प्रमुख डा राणाले भने, “पहिलो बाधक सिक्टा देखिएको छ ।” चक्रपथ सिक्टा नहरको लाइनमा करीब ९० प्रतिशत क्षेत्रमा पर्छ । सिक्टाको पश्चिमतर्फको नहर निर्माणकार्य रोकिँदा त्यसको असर चक्रपथ निर्माणमा पनि परेको उनले बताए ।

यता, सडक डिभिजन कार्यालय बाँकेले नेपालगञ्ज चक्रपथको आयोजना अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेको छ । सिक्टाले बाटो दिन नमानेको र जग्गा अधिग्रहण गर्न मुआब्जा रकम नहुँदा चार वर्षअघि शुरु भएको चक्रपथ निर्माण बन्द हुने अवस्थामा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ४६ बजे

जेन-जीका चार समूहले भने : ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरौँ

काठमाडौं- जेन-जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वर्तमान

पाल्पाबाट ५५ सय केजी अवैध युरिया मलसहित मिनी ट्रक नियन्त्रण

पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा १ सय १०

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम

डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब