ग्रीसको आमनिर्वाचनमा सत्तारुढ वामपन्थी दल पराजित « Khabarhub

ग्रीसको आमनिर्वाचनमा सत्तारुढ वामपन्थी दल पराजित


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली देश ग्रीसको सत्तामा दक्षिणपन्थीहरुको पुनर्दोय भएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा सत्तारुढ वामपन्थी दलले पराजय भोगेको छ ।

विपक्षी दक्षिणपन्थी दलले समग्रमा ३९.८५ प्रतिशत मत ल्याउँदा सत्तामा रहेको वामपन्थी पार्टी सीरिजा दल ३१.५ प्रतिशत मतमा सीमित हुनुपरेको छ ।

३०० सदस्य संख्या रहेको ग्रीसको संसदीय निर्वाचनमा दक्षिणपन्थी दल न्यू डेमोक्रेसीले १५५ देखि १६७ सम्म सीट जित्न सक्ने जनाइएको छ ।

सरकारी खर्च कटौती गर्ने भनेर सत्तामा आएको वामपन्थी पार्टीले आफ्नो प्रतिवद्धता पूरा नगरेपछि जनताहरुले पुनः दक्षिणपन्थीहरुलाई नै रोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ ।

आम निर्वाचनमा जीत हासिल गरेपछि सत्ता सम्हाल्ने तयारीमा रहेको दक्षिणपन्थी दलले ग्रीसेली नागरिकका लागि थप रोजगारी सिर्जना गर्ने र करको दर घटाउने घोषणा गरेको छ ।

सन् २००८ देखि गम्भीर आर्थिक मन्दीमा रहेको ग्रीसमा वामपन्थी पार्टी सिरिजा दलले सरकारी खर्च कटौतीलाई मुख्य नारा बनाएर सन् २०१५ देखि सत्ता सम्हालेको थियो ।

प्रधानमन्त्री एलेक्सिस सिप्रासले हार स्वीकार गर्दै दक्षिणपन्थी दलका केरियाकोस मित्सोताकिसलाई फोन गरेर जीतका लागि बधाई दिइसकेका छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : ०५ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये