दिवंगत वामपन्थी नेता अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे वैद्य, प्रचण्ड र बाबुराम « Khabarhub

दिवंगत वामपन्थी नेता अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे वैद्य, प्रचण्ड र बाबुराम


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारकै क्रममा आइतबार निधन भएका वामपन्थी नेता श्रीनाथ अधिकारी (श्याम)प्रति विभिन्न दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (किरण), सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य अधिकारीको आइतबार उपचारकै क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा निधन भएको थियो ।

गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका अधिकारीलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धि ल्याइएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो ।

विसंं २०१२ साउनमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिस्ट आन्दोलनमा लागेका थिए ।

जनयुद्धको शुरुवाती चरणदेखि नै तत्कालीन नेकपा माओवादीमा रहेका अधिकारी माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेका थिए ।

दिवंगत अधिकारीको सोमबार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : २६ बजे

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि