रजस्वला हुँदा पेट दुख्छ ? यस्तो गर्नुस् | Khabarhub Khabarhub

रजस्वला हुँदा पेट दुख्छ ? यस्तो गर्नुस्


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रजस्वला (महिनावारी) को समयमा धेरै किशोरी तथा महिलाको तल्लो पेट र ढाड दुख्ने समस्या हुन्छ । यहि समस्याका कारण रजस्वला भएको समयमा महिलाहरु आफ्नो दैनिक काम समेत सहज रुपमा गर्न सक्दैनन् ।

रजस्वला हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि रागरस अर्थात हर्मोनको मात्रामा आउने परिवर्तनले पाठेघरको भित्री तहमा सुक्ष्म रक्त नलीहरुमा फैलन बन्द हुन्छ । जसले गर्दा पाठेघरको भित्री तहमा बनेको बाक्लो र नरम तह फुट्न गइ महिलामा रजस्वला हुन्छ ।

रजस्वला हुँदा हुने समस्या

– तल्लो पेट दुख्ने,

– ढाड दुख्ने,

– स्तन कडा हुने,

– दुख्ने कब्जियत हुने,

–  थकित महसुस हुने,

– मांसपेशीहरु दुख्ने,

– अनुहारमा डन्डीफोर आउँने,

–  खान मन नलाग्ने,

–  मानसिक तनाव बढ्ने ।

रजस्वलाको समयमा यस्ता समस्या देखिएमा घरेलु उपायबाट पनि समस्यालाई कम गर्न सकिन्छ ।

रजस्वला हुँदा पेट दुखे यस्तो गर्नुस्

– तल्लो पेटमा हलुकासँग मालिस गर्दा कडा मांसपेशी नरम हुन्छ,

– तातो पानी रबरको थैली वा बोतलमा राखेर सक्ने,

– ऐंसेलुको पात र अदुवाको धूलो राखेको तातो चिया वा पानी पिउने,

– अत्यधिक रक्तस्राव भएका स्वास्थ्यकर्मीको परामर्शमा औषधि सेवन गर्ने,

– रजस्वलाको समयमा महिलाहरुमा मानसिक चिन्ता, तनावको समस्या आउँन सक्छ,

– कमजोर महसुस भएका आराम पनि गर्नुपर्छ,

– आफूलाई असहज लाग्ने काम गर्नुहुँदैन,

– रजस्वला प्राकृतिक अवस्था भएकाले रजस्वलाको समयमा हुने चिन्ता हटाउन नियमित योगा, प्राणायाम तथा व्यायाम गर्नुपर्छ ।

रजस्वलाको समयमा अत्यधिक रक्तस्राव बाहेका अन्य लक्षणहरु सामान्य हुन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ०२ बजे

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्