प्रधानसेनापति थापा अमेरिका प्रस्थान « Khabarhub

प्रधानसेनापति थापा अमेरिका प्रस्थान


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा सोमबार अमेरिका प्रस्थान गरेका छन् ।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल सम्बन्धी बैठक र संयुक्त राष्ट्रसङ्घ सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन थापा अमेरिका प्रस्थान गरेका हुन् ।

थापा ४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । भ्रमणको क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागका उच्च पदाधिकारी तथा दक्षिण एसिया विभाग हेर्ने पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा आगामी साउन १ गते स्वदेश फर्किने छन् । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : २८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल