यात्रु बस दुर्घटना हुँदा भारतमा २९ जनाको मृत्यु « Khabarhub

यात्रु बस दुर्घटना हुँदा भारतमा २९ जनाको मृत्यु


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य उत्तर प्रदेशको यमुना एक्सप्रेसवे (राजमार्ग)मा सोमबार विहान एक यात्रु बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउबाट संघीय राजधानी नयाँ दिल्लीतर्फ आइरहेको बस दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार लखनउबाट दिल्लीका लागि हिँडेको अवध डिपोको बस आगराको झरना नालामा खसेको हो । बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेका जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि उत्तर प्रदेश परिवहन निगमले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : ५७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका