युवापुस्तालाई लक्षित गर्दै धनगढीमा 'फायरवर्डस् कनक्लेभ' | Khabarhub Khabarhub

युवापुस्तालाई लक्षित गर्दै धनगढीमा ‘फायरवर्डस् कनक्लेभ’


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  जनता र जनप्रतिनिधि एकै ठाउँमा राखेर प्रत्यक्ष संवाद गराउने उद्देश्यले धनगढीमा ‘फायरवर्डस् कनक्लेभ’ धनगढी सिरिज हुने भएको छ ।

जनताका सवालहरु जनताकै तर्फबाट प्रत्यक्ष जनप्रतिनिधिसम्म पुर्‍याउने र जनप्रतिनिधिबाट प्रतिबद्धता लिने उद्देश्यका साथ असार २८ गते फायरवर्डस् कनक्लेभ धनगढीमा सिरिज गर्न लागेको आयोजकले जानकारी दियो ।

सिरिजमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, उपमहानगरका मेयर, राजनितिक दलका नेता, विद्यार्थी नेता,यूवायुवती तथा व्यवसायीहरु गरी करीब पाँच सयको हाराहारीमा उपस्थिति रहने कार्यक्रम संयोजक देवेन्द्र जोशीले जानकारी दिए । युवाहरुलाई मुख्य प्राथमिकतामा राखी उनीहरुले सीधै नेतृत्वलाई प्रश्न राख्ने गरी सो कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

यही २८ गते धनगढीको ओम प्यालेसमा बिहान १० बजेदेखि साँझ ४ बजे सम्म कार्यक्रम हुनेछ । फायरवर्डस् मिडियाले यसअघि काठमाडाै‌मा पनि अन्तरक्रिया कार्यक्रमको आयाेजना गरेकाे थियाे ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ०७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग