काठमाडौं – जनता र जनप्रतिनिधि एकै ठाउँमा राखेर प्रत्यक्ष संवाद गराउने उद्देश्यले धनगढीमा ‘फायरवर्डस् कनक्लेभ’ धनगढी सिरिज हुने भएको छ ।
जनताका सवालहरु जनताकै तर्फबाट प्रत्यक्ष जनप्रतिनिधिसम्म पुर्याउने र जनप्रतिनिधिबाट प्रतिबद्धता लिने उद्देश्यका साथ असार २८ गते फायरवर्डस् कनक्लेभ धनगढीमा सिरिज गर्न लागेको आयोजकले जानकारी दियो ।
सिरिजमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, उपमहानगरका मेयर, राजनितिक दलका नेता, विद्यार्थी नेता,यूवायुवती तथा व्यवसायीहरु गरी करीब पाँच सयको हाराहारीमा उपस्थिति रहने कार्यक्रम संयोजक देवेन्द्र जोशीले जानकारी दिए । युवाहरुलाई मुख्य प्राथमिकतामा राखी उनीहरुले सीधै नेतृत्वलाई प्रश्न राख्ने गरी सो कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
यही २८ गते धनगढीको ओम प्यालेसमा बिहान १० बजेदेखि साँझ ४ बजे सम्म कार्यक्रम हुनेछ । फायरवर्डस् मिडियाले यसअघि काठमाडाैमा पनि अन्तरक्रिया कार्यक्रमको आयाेजना गरेकाे थियाे ।
प्रतिक्रिया