युट्युबमा ‘फाटेको जुत्ता’ मन नपरेको प्रतिक्रिया बढी, तर उक्लियो नम्बर १ मा | Khabarhub Khabarhub

युट्युबमा ‘फाटेको जुत्ता’ मन नपरेको प्रतिक्रिया बढी, तर उक्लियो नम्बर १ मा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य जानरामा निर्माण भएको फिल्म ‘फाटेको जुत्ता’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । हाइलाइटस् नेपालको च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मलाई हलमा भने दर्शकले खासै साथ दिएका थिएनन् । भलै फिल्मले लगानी सुरक्षित गरेको भनिएको थियो ।

यो फिल्ममा अर्जुन कुमारको लगानी र निकेश खड्काको निर्देशन छ ।

निरोज महर्जनले लेखेको यो फिल्ममा दीर्घ खड्काको सम्पादन, निरज कँडेलको छायांकन र अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

युट्युबमा फिल्म हेरेका दर्शकले हेरेका दर्शकले कमेन्टमा मन परेको भन्दा मन नपरेको प्रतिक्रिया बढी दिएका छन् । ‘कस्तो फिल्म, न कथा छ, न त अभिनय, न दमदार डायलग नै छन्, न त क्लाइमेक्स नै गतिलो छ,’ एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन् । त्यस्तै मनोज पाण्डेले लेखेका छन्, ‘नायिकाको लवज तराईको नै छैन, नायिकामा प्रियंका कार्की फिटिक्कै सुहाएन ।’

अर्का एक प्रयोगकर्ताले भने युट्युबमा निःशुल्क हेर्नुपर्दा पनि टाउको दुखेको र झन् हलमा पैसा तिरेर हेर्दा कति आपत पर्‍यो होला भन्दै कमेन्ट गरेका छन् ।

अर्जुन रानाले लेखेका छन्, ‘आशा गरेजस्तो लागेन ।’

केहीले भने फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । धेरैले अभिनेता सौगात मल्लको अभिनय मन परेको प्रतिक्रिया दिएका छन् । हलमा फिल्म हेर्न नपाएका र विदेशमा हुने नेपालीबीच भने यो फिल्मको लामो समयदेखि प्रतीक्षा थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ४ : ४५ बजे

कतारको दोहामा सलमान खानले लाइभ प्रस्तुति दिँदै

काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

एजेन्सी– चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई

नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग भेट

काठमाडौं– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग