युट्युबमा ‘फाटेको जुत्ता’ मन नपरेको प्रतिक्रिया बढी, तर उक्लियो नम्बर १ मा « Khabarhub

युट्युबमा ‘फाटेको जुत्ता’ मन नपरेको प्रतिक्रिया बढी, तर उक्लियो नम्बर १ मा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य जानरामा निर्माण भएको फिल्म ‘फाटेको जुत्ता’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । हाइलाइटस् नेपालको च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मलाई हलमा भने दर्शकले खासै साथ दिएका थिएनन् । भलै फिल्मले लगानी सुरक्षित गरेको भनिएको थियो ।

यो फिल्ममा अर्जुन कुमारको लगानी र निकेश खड्काको निर्देशन छ ।

निरोज महर्जनले लेखेको यो फिल्ममा दीर्घ खड्काको सम्पादन, निरज कँडेलको छायांकन र अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

युट्युबमा फिल्म हेरेका दर्शकले हेरेका दर्शकले कमेन्टमा मन परेको भन्दा मन नपरेको प्रतिक्रिया बढी दिएका छन् । ‘कस्तो फिल्म, न कथा छ, न त अभिनय, न दमदार डायलग नै छन्, न त क्लाइमेक्स नै गतिलो छ,’ एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन् । त्यस्तै मनोज पाण्डेले लेखेका छन्, ‘नायिकाको लवज तराईको नै छैन, नायिकामा प्रियंका कार्की फिटिक्कै सुहाएन ।’

अर्का एक प्रयोगकर्ताले भने युट्युबमा निःशुल्क हेर्नुपर्दा पनि टाउको दुखेको र झन् हलमा पैसा तिरेर हेर्दा कति आपत पर्‍यो होला भन्दै कमेन्ट गरेका छन् ।

अर्जुन रानाले लेखेका छन्, ‘आशा गरेजस्तो लागेन ।’

केहीले भने फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । धेरैले अभिनेता सौगात मल्लको अभिनय मन परेको प्रतिक्रिया दिएका छन् । हलमा फिल्म हेर्न नपाएका र विदेशमा हुने नेपालीबीच भने यो फिल्मको लामो समयदेखि प्रतीक्षा थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ४ : ४५ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल