देशभरका जिल्ला अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध गराइने « Khabarhub

देशभरका जिल्ला अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध गराइने


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गर्ने काम भइरहेको बताएका छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई सङ्घीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रुपमा सञ्चालनको प्रयास भइरहेको जानकारी दिए ।

उनले भने, “वीर अस्पतालप्रति जनताको ठूलो आशा, भरोसा र विश्वास छ, अहिले त्यहाँ दैनिक दुई हजार २०० ले सेवा लिइरहेका छन्, अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा अहिले राम्रोसँग सञ्चालनमा आइरहेको छ ।”

आम जनतामा आधारभूत स्वाथ्य सेवा पुर्‍याउन मन्त्रालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताउँदै उनले अति विपन्न समुदायलाई स्वास्थ्य सेवाका लागि गरिने बीमाको प्रिमियम सरकारले व्यहोर्ने बताए ।

, “मुलुकका ४६ जिल्लामा स्वास्थ्य बीमा सञ्चालनमा रहेको छ, अहिले स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउन कठिन छ, यद्यपि स्वास्थ्यमा सबैको समतामूलक पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ” उपप्रधानमन्त्री यादवले भने, “हरेक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्था पुर्‍याउने लक्ष्य छ ।”

देशभर अहिले ८० वटा सर्पदंश केन्द्र सञ्चालनमा रहेको तथा स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाको गुणस्तरका लागि मापन तयार गरिएको बताउँदै उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा लागू गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु