घुस लिएर प्रश्नपत्रमा नम्बर थप्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

घुस लिएर प्रश्नपत्रमा नम्बर थप्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउनका लागि अनुचित तरिकाले नम्बर थप्न लगाउने तथा थप्ने गरी ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

विभिन्न परीक्षार्थीबाट घुस लिएर मार्कसिटमा अंक थप गरिदिने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालअन्तर्गत मानविकी संकायको गोप्य शाखाका अधिकृत रामबहादुर कर्माचार्यसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट गोप्य शाखाका अधिकृत कर्माचार्यले भक्तपुरको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक (आंशिक) मा कार्यरत सुरेन्द्र प्रसाद कोइरालाबाट १ लाख ५० हजार रुपैयाँ लिएर उनको मार्कसिटमा अंक थप गरिदिएका थिए ।

कोइरालाले अर्थशास्त्रबाट स्नातकोत्तर गर्दा गोल्ड मेडल (प्रथम श्रेणी) प्राप्त गर्ने उद्देश्य राखेर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिएका थिए । कोइरालाले ग्रामिण विकास (रुरल डेभलपमेन्ट) विषयबाट प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तिर्ण गर्न पनि कर्माचार्यलाई घुस खुवाएका अख्तियारको छानबिनबाट देखिएको छ । कर्माचार्यसँगको मिलमतोमा कोइरालाले परीक्षा नै नदिइ समाजशास्त्र विषयमा समेत स्नातकोत्तर उत्तिर्ण पनि गरेको देखिएको छ ।

कर्माचार्यले कोइरालाले परीक्षा दिएका तथा नदिएका करिब १५ ओटा विषयको पेपरमा ३ देखि ५० नम्बरसम्म गरी २ सय २४ अंक थप गरेको अख्तियारको छानबिनबाट पत्ता लागेको छ ।

कर्माचार्यले कोइरालासँगै काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसका कामु प्रशासनिक अधिकृत केदार भट्टराईसँग पनि ३ लाख रुपैयाँ लिएर उनको पेपरमा अंक थप गरेको भेटिएको छ । अख्तियारका अनुसार कर्माचार्यले केदार भट्टराईको ५ ओटा पेपरमा १०–१० नम्बरका दरले ५० नम्बर थप गरेका छन् ।

अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै कर्माचार्यविरुद्ध ४ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र ३ वर्षसम्म कैद सजाय माग दावी गरेको छ । कर्माचार्यलाई घुस खुवाएर अंक थप्न लगाउने कोइरालाविरुद्ध पनि ४ लाख ५० हजार रुपैयाँ बिगो तथा बिगोअनुसारको जरिवाना र ३ वर्षसम्म कैद सजाय माग दावी गरेको छ । यस्तै, भट्टराईविरुद्ध भने ३ लाख रुपैयाँ बिगो तथा बिगो बराबर जरिवाना र ३ वर्ष कैद सजाय माग दावी गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ४० बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र