थाइल्याण्डको तस्वीर राखेर ‘नेपाल भ्रमण वर्ष २०२०’ को विज्ञापन ! « Khabarhub

थाइल्याण्डको तस्वीर राखेर ‘नेपाल भ्रमण वर्ष २०२०’ को विज्ञापन !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बनाइएको पोस्टरमा थाइल्याण्डको तस्वीर राखिएको पाइएपछि टिकाटिप्पणी शुरु भएको छ ।

बेलायती पर्यटकलाई लक्षित गरी राखिएको पोस्टरमा थाइल्याण्डमा अवस्थित बुद्धको मूर्ति र बौद्ध भिक्षुहरु राखिएपछि टिकाटिप्पणी शुरु भएको हो ।  उक्त पोस्टर बेलायतको राजधानी लण्डनको वेष्टमिनिष्टर क्षेत्रमा रहेको सेन्ट जोन उडको मेट्रो स्टेशनमा राखिएको छ । तस्बीरमा थेरावाद बौद्ध भिक्षु तथा बुद्धको मूर्ती देखिन्छ । सोही तस्बीरमा नेपाल भ्रमण वर्ष २०२० को लोगो देखिन्छ ।

ग्यारी वर्नल नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा उक्त पोष्टरको तस्बीर सार्वजनिक गर्दै नेपालमा पर्यटकलाई भित्र्याउनका लागि राखिएको पोष्टरमा थाइल्याण्डको तस्बीर अंकित छ ।

उनले तस्बीरको क्याप्सनमा ‘लण्डनको भूमिगतमा धेरै हाँसो उठ्दो नेपाल पर्यटन वर्ष २०२० को विज्ञापन । थाइल्याण्डका थेरावाद भिक्षु र बौद्ध मूर्ती ।’ लेखेका छन् । स्माईली सहितको क्यप्सनमा त्यसपछि लेखिएको छ, ‘भिजिट थाइल्याण्ड २०२०’

तस्बीरको कमेन्टमा भने मिश्रित प्रक्रिया आएका छन् । कमेन्ट गर्ने अधिकांश नेपालीले नेपाल पर्यटन बोर्डले यो लाजमर्दो काम गरेको प्रतिक्रिया दिएका छन् । डेभ प्रधानले उक्त तस्बीरको कमेन्टमा लेखेका छन्, ‘कस्तो दयालाग्दो उनीहरुले राम्रो र मौलिक तस्बीर भेटेनछन् ।’ त्यस्तै, नताशा श्रेष्ठले भने यस्तो हुनुमा शिक्षाको स्तरलाई दोष दिएकी छिन् ।

तर, कमेन्ट गर्ने गैर नेपाली मूलका प्रयोगकर्ताले भने यस्तो हुनु स्वभाविक रहेको टिप्पणी गरेका छन् । काने त्सुकामोतो लेख्छन्, ‘यस्तो गल्ती संसारभर हुन्छ । हामीलाई अरु देशबारै राम्रोसँग थाहा नै छैन ।’

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ५८ बजे

‘जेन-जी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी– गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा

सरकारी अस्पतालमा दुई दिन बिदा कायम, आकस्मिक सेवा २४ सै घण्टा

काठमाडौं– सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द

प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा पुगे गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी

एमालेले ठूलो धक्का व्यहोरेको छ, नेतृत्व परिवर्तनबारे छलफल गर्न पाएको छैन : विष्णु पौडेल

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धक्का व्यहोरेको नेकपा