एउटै ब्राण्ड देखाउन ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गरिँदै « Khabarhub

एउटै ब्राण्ड देखाउन ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गरिँदै


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फेसबुकले आफ्ना दुई लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्राण्ड बनाउने भएको छ । यसका लागि फेसबुकले यी दुई सामाजिक सञ्जालको नाम परिवर्तन गर्न लागेको छ । दुवैलाई फेसबुकसँग जोड्दै इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ह्वाट्सएपको नाम ‘ह्वाट्सएपफ्रम फेसबुक’ राखिने बताइएको छ ।

कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्रान्डका रुपमा जोड्नका निम्ति यस्तो निर्णय लिएको इन्डिपेन्डेन्टले बताएको छ । ह्वाट्स एप र इन्स्टाग्राम दुवै फेसबुक कम्पनीकै भए पनि तिनलाई छुट्टै एपका रुपमा सञ्चालन गरिँदै आएको थियो । यसैकारण हामीले ह्वाट्सएप वा फेसबुक चलाउँदा तिनीहरु फेसबुक कम्पनीका हुन् भन्ने कतै आभास हुँदैन ।

तर अब भने कम्पनीले स्पष्ट रुपमा यी तीन एपहरु जोडिएको र एउटै ब्रान्डको भएको देखाउन लागेको बताइएको छ । यस्तोमा गुगल प्ले र एप स्टोरमा समेत तिनको नाम यही हुने बताइएको छ । हाम्रो फोनको होमस्क्रिनमा भने एपको नाम अहिलेका लागि यथावत् राखिन सक्ने बताइएको छ ।

फेसबुककै हिस्सा भएको स्पष्ट पार्नका लागि कम्पनीले यस्तो निर्णय गरेको हो । किनकि यसअघि नै फेसबुक कम्पनीले यी तीन एपको संरचना एउटै बनाइएको घोषणा गरेको थियो । जसमा प्रयोगकर्ताले इन्स्टाग्रामबाट पठाएको म्यासेज ह्वाट्सएप च्याटमा पठाउन मिल्ने सेवा प्रदान गरिने बारेमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग आफैँले उल्लेख गरेका थिए ।

उनका अनुसार अहिले मान्छेले फेसबुकमा म्यासेज पठाउन म्यासेन्जरकै प्रयोग गर्नुपर्छ र इन्स्टाग्राममा पनि त्यस्तै छ भने ह्वाट्सएपमार्फत च्याट गर्न पनि ह्वाट्सएपनै खोल्नुपर्छ । त्यसैले आफूहरुले प्रयोगकर्तालाई सम्पर्क गर्न भिन्दाभिन्दै विकल्प प्रदान गर्न चाहेकाले नै यस्तो गर्न लागिएको उनले बताएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  २ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै