एउटै ब्राण्ड देखाउन ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गरिँदै « Khabarhub

एउटै ब्राण्ड देखाउन ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गरिँदै


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फेसबुकले आफ्ना दुई लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्राण्ड बनाउने भएको छ । यसका लागि फेसबुकले यी दुई सामाजिक सञ्जालको नाम परिवर्तन गर्न लागेको छ । दुवैलाई फेसबुकसँग जोड्दै इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ह्वाट्सएपको नाम ‘ह्वाट्सएपफ्रम फेसबुक’ राखिने बताइएको छ ।

कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्रान्डका रुपमा जोड्नका निम्ति यस्तो निर्णय लिएको इन्डिपेन्डेन्टले बताएको छ । ह्वाट्स एप र इन्स्टाग्राम दुवै फेसबुक कम्पनीकै भए पनि तिनलाई छुट्टै एपका रुपमा सञ्चालन गरिँदै आएको थियो । यसैकारण हामीले ह्वाट्सएप वा फेसबुक चलाउँदा तिनीहरु फेसबुक कम्पनीका हुन् भन्ने कतै आभास हुँदैन ।

तर अब भने कम्पनीले स्पष्ट रुपमा यी तीन एपहरु जोडिएको र एउटै ब्रान्डको भएको देखाउन लागेको बताइएको छ । यस्तोमा गुगल प्ले र एप स्टोरमा समेत तिनको नाम यही हुने बताइएको छ । हाम्रो फोनको होमस्क्रिनमा भने एपको नाम अहिलेका लागि यथावत् राखिन सक्ने बताइएको छ ।

फेसबुककै हिस्सा भएको स्पष्ट पार्नका लागि कम्पनीले यस्तो निर्णय गरेको हो । किनकि यसअघि नै फेसबुक कम्पनीले यी तीन एपको संरचना एउटै बनाइएको घोषणा गरेको थियो । जसमा प्रयोगकर्ताले इन्स्टाग्रामबाट पठाएको म्यासेज ह्वाट्सएप च्याटमा पठाउन मिल्ने सेवा प्रदान गरिने बारेमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग आफैँले उल्लेख गरेका थिए ।

उनका अनुसार अहिले मान्छेले फेसबुकमा म्यासेज पठाउन म्यासेन्जरकै प्रयोग गर्नुपर्छ र इन्स्टाग्राममा पनि त्यस्तै छ भने ह्वाट्सएपमार्फत च्याट गर्न पनि ह्वाट्सएपनै खोल्नुपर्छ । त्यसैले आफूहरुले प्रयोगकर्तालाई सम्पर्क गर्न भिन्दाभिन्दै विकल्प प्रदान गर्न चाहेकाले नै यस्तो गर्न लागिएको उनले बताएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  २ : ०४ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै