गोलीकाण्ड भएको नगर र घाइतेलाई भेट्न ट्रम्प टेक्सासमा « Khabarhub

गोलीकाण्ड भएको नगर र घाइतेलाई भेट्न ट्रम्प टेक्सासमा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने गरी भएको सामूहिक गोलीकाण्ड भएका २ नगरको भ्रमण गर्न टेक्सास पुगेका छन्।

हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो। ट्रम्प आफैँलाई पनि हिस्पानिक समुदायका मानिसविरुद्ध घृणा फैलाएको आरोप लागेको छ।

९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।

वासिङ्टन छोड्नुअघि आफू “घृणा फैलाउने गोरा जातीको सर्वोच्चता चाहने वा अरू कुनै प्रकारको सर्वोच्चता चाहने समूहको विस्तार भइरहेको विषयमा” निकै चिन्तित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डिमोक्र्याटिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले ट्रम्पको “जातीवादी तथा घृणा, द्वेष फैलाउने शब्द तथा क्रियाकपालले आफू, आफ्नो समुदाय र आफ्नो देशलाई पीडा पुगेको” भन्दै ट्रम्पलाई भेट्न अस्वीकार गरिन्।

एल पासोमा भएको गोलीकाण्डलाई सम्भाव्य घृणा अपराधको रूपमा हेरिएको छ। शहरको ठूलो हिस्सामा हिस्पानिक समुदायको बसोबास छ। श्रीमती मेलानिया सँगै एल पासो आएका ट्रम्पले नगरका अधिकारीहरूका अतिरिक्त अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : १२ बजे

एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल

धादिङमा सबस्टेसन निर्माण : हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्या हट्दै

काठमाडौं– भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल

निर्वाचन आउन ८३ दिन बाँकीः समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

काठमाडौं – निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय