वैद्य माओवादीद्वारा कैलालीको सुकम्वासी शिविर कब्जा | Khabarhub Khabarhub

वैद्य माओवादीद्वारा कैलालीको सुकम्वासी शिविर कब्जा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उक्त शिविर कब्जा गरेको हो ।

क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको झण्डा गाडेका थिए । शिविरको जमिनमा पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना रहेको क्रान्तिकारी माओवादीले जनाएको छ ।

तत्कालीन विद्रोही माओवादीले हरैया शिविरमा बासालेका सुकुम्वासी परिवारलाई जग्गा बिक्री भएको भन्दै केही साताअघि बल प्रयोग गरेर हटाइएको थियो ।

शिविरका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा राखिएको छ। तर, धुरझन्नामा व्यवस्थापन राम्रो नभएको भन्दै केही सुकुम्बासी परिवार पुनः हरैया शिविरमा फर्किएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : १० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले