भारतसँग कारोबार बन्द गर्ने पाकिस्तानी निर्णयले उसैलाई झट्का, सामानको मूल्य बढ्यो « Khabarhub

भारतसँग कारोबार बन्द गर्ने पाकिस्तानी निर्णयले उसैलाई झट्का, सामानको मूल्य बढ्यो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू कश्मीरबाट आर्टिकल ३७० हटाएको विरोधमा पाकिस्तानले भारतसँगको कारबार स्थगित गर्ने फैसला गरेको थियो ।

पाकिस्तानले यो फैसला गर्दै विरोध जनाएको थियो तर यसले भारतलाई भन्दा बढी पाकिस्तानलाईनै घाटा पुगेको छ ।

पाकिस्तानमाथि भारतको निर्भरता निकै कम रहेको छ । तर पाकिस्तानमा भने धेरै वस्तु भारतबाट निर्यात हुने गरेको छ ।

पाकिस्तान प्याज, टमाटर जस्ता खाद्य बस्तुका अलावा केमिकल्समा भारतमाथि निर्भर छ । पाकिस्तानले भारसँगको व्यापार रोक्ने निर्णय गरेसँगै यसमा पनि प्रभाव परेको छ । जसका कारण भारतलाई भन्दा पाकिस्तानलाई यसले असर गरेको छ ।

फेडरेसन अफ इन्डिया एक्सपोर्ट अर्गनाइजेशनका अनुसार कारोबार निलम्बनले भारतको सट्टा पाकिस्तानलाई धेरै प्रभाव पारेको छ किनकी पाकिस्तान भारतमा धेरै मात्रामा निर्भर छ ।

पाकिस्तानले भारतसँगको कारोबार रोकेसँगै पाकिस्तानमा प्याज र टमाटरको मूल्य बढेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : ०६ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो