गैरकानूनी रुपमा अमेरिका बस्दै आएका ६ सय ८० आप्रवासी कामदार पक्राउ « Khabarhub

गैरकानूनी रुपमा अमेरिका बस्दै आएका ६ सय ८० आप्रवासी कामदार पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा गैरकानूनी रुपमा बस्दै आएका करीब ७ सय आप्रवासी कामदार पक्राउ परेका छन् ।

अमेरिकी अध्यागमन अधिकारीहरूले मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना कामदारलाई बुधबार पक्राउ गरेको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ ।

ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकामध्ये केहीलाई मानवीय कारणले रिहाइ गरिनेछ। उनीहरू अध्यागमन अदालत, न्यायाधीवक्ताको कार्यालयमा उपस्थित हुनु पर्नेछ। बाँकी अरूलाई लुजियानास्थित हिरासत केन्द्रमा राखिनेछ।

पक्राउ परेकाहरू कुन-कुन देशका हुन भन्ने खुलाइएको छैन ।

डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान थालेको थियो।
अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : ५५ बजे

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक