भिजाएको चना खानुस्, फाइदै फाइदा मिल्छ « Khabarhub

भिजाएको चना खानुस्, फाइदै फाइदा मिल्छ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोसिलो खानेकुरा मध्यको एक हो चना । यसमा प्रोटिन, फाइबर, तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ ।

जसको निरन्तर सेवनले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, रोग प्रतिरोधक क्षेमता समेत बढाउँछ । यहाँ हामीले हरेक विहान भिजाएको चना खाँदा के फाइदा पुग्छ भन्ने कुरा उल्लेख गरेका छौं ।

के छन् त चना खानुका फाइदा ? 

– भिजाएको चनामा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले पाचन प्रक्रियालाई समेत सन्तुलित बनाउँछ । कब्जियतको समस्या छ भने पनि यसले सहज बनाउँछ ।

– राति भिजाएर राखेको चना विहान सेवन गर्नाले शरिरमा उर्जा बढाउँछ र कमजोरीपना समेत हटाउँछ ।

– तपाईंको छालालाई स्वस्थ राख्नका लागि पनि भिजाएको चना नियमित रुपमा सेवन गर्नु आवश्यक छ ।

– भिजाएको चनाले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या समेत बढाउँदछ ।

– चनामा फस्फोरस लवण पाइने हुँदा यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँदछ । यसले मृगौला लाईसमेत स्वस्थ राख्न सहयोग गर्दछ ।

– चनाले रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न पनि मद्धत गर्छ ।

– भिजाएको चनाको सेवनले शरिरमा रोगप्रतिरोधक क्षमता बढाउनुका साथै रुघाखोकीको समस्या समेत कम गर्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्