पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ « Khabarhub

पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

सप्तरी घरभएका प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो ।

प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

डेढ महिना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : १२ बजे

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ

मोरक्को र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत

झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

झापा – अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी