सिंहरदबारको छायाँमा प्रदेश ३ को राजधानी रहन दिनुहुँदैनः मुख्यमन्त्री पौडेल « Khabarhub

सिंहरदबारको छायाँमा प्रदेश ३ को राजधानी रहन दिनुहुँदैनः मुख्यमन्त्री पौडेल


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडामा नै हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान पनि राखे ।

बिहीबार काठमाडौंमा आयोजित संचारकर्मीहरुसँगको अन्तरक्रियामा उनले आफूले २०, २५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको पनि स्पष्ट पारे ।

‘प्रदेशको राजधानी हेटौडैमा हुनुपर्छ भन्ने पक्षमा आफू छैन,’ मुख्यमन्त्री पौडेलले भने, ‘घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो ।’ मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेको औंल्याउँदै त्यसमा छलफल गर्न आफू तयार रहेको पनि स्पष्ट पारे । सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क पनि गरे । उनले प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने पनि बताए ।

मुख्यमन्त्री पौडेलले आफ्ना प्रदेशका सेवा प्रवाहको कामलाई राम्रोसँग सम्पन्न गर्न १५६ वटा कार्यालयलाई क्रियाशील गराइएको दावी पनि गरे । उनले कृषकलाई राहत दिन सामूहिक कृषि प्रणाली कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को विकासका सम्भावनाका क्षेत्रहरुको पहिचान गर्ने काममा सघाउ पुर्‍याउन पनि संचारकर्मीहरुलाई पटक–पटक आग्रह गरे ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ३३ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः