संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल « Khabarhub

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन् ।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संसद्‌मा केही नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए । जनताको सार्वभौम सत्ताको प्रयोग जन–जननिर्वाचित संसद्‍मा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी शासनको संकेत भएको उनको भनाइ छ ।

त्यस्तै महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुबेको भाष्य निर्माण गर्ने काम भएको बताए । पुरानालाई नभइ नयाँलाई मत दिए मुलुकमा सुशासन कायम र विकासले तीव्रता प्राप्त गर्छ भन्ने मान्यताका साथ पुराना दल र नेतामाथि अनास्था र अविश्वास पैदा गर्ने काम भएको उनले बताए ।

महासचिव पोखरेलले अहिले सुशासनका नाममा नेतृत्वमा आएकाहरू आफैले गरेका वाचा कबुल अन्तर्गत पारदर्शितालाई आत्मसात गर्न नसकेको आरोप लगाए । अन्तरिम सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण समेत सार्वजनिक नगरेको अवस्थामा नयाँ सरकारका मन्त्रीहरू अहिले पनि सम्पत्ति विवरण बुझाउने कुरामा आलटाल गरिरहेको महासचिव पोखरेलले बताए ।

उनले प्रतिनिधिसभाका सभामुखको सम्पती विवरणप्रति समेत प्रश्न उठाए । सभामुखको सम्पत्ती विवरण धेरैलाई पत्याउन गाह्रो भइरहेको उनको भनाइ छ । उनले नेपालमा लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेका र नेपाललाई घोर राजनीतिक द्वन्द्वबाट पृथक् राख्ने नीतिका हिमायतीहरू माथि प्रहार भएको समेत बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १ : ४६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा