किन बढ्यो सुनको भाउ ? हरेक दिन ‘रेकर्ड ब्रेक’ « Khabarhub

किन बढ्यो सुनको भाउ ? हरेक दिन ‘रेकर्ड ब्रेक’


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा साउन महिनामा सुनको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलमलमा परेका छन् ।

महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा गरगहना किन्नेहरुको ठूलै भीड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महिलाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यता, महिलाहरुको चाड तीज नजिकिरहँदा सुनको कारोबारमा पनि प्रभाव परेको छ । सुनको मूल्यमा भएको वृद्धिले व्यवसायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

लगातार बढेको सुनको मुल्यलाई हेर्दा मंगलबार प्रतितोला छापावाल सुन ६८ हजारमा कारोबार भएको थियो । यो मूल्यमा बुधवार एकैपटक १ हजार ५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँमा कारोबार भयो । मूल्य बढ्ने क्रम बिहीबार पनि जारी रह्यो । बिहीबार भने ५ सय रुपैयाँले मूल्य बढेर प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार साउन महिनाको सुरुवातदेखि नै सुनको मूल्य बढिरहेको छ । महिनाको पहिलो दिन अर्थात् साउन १ गते सुनको मूल्य प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता हालसम्मको मूल्य हेर्दा प्रतितोला ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

किन बढिरहेको छ मूल्य ?

चीन र अमेरिका बिचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको बताउँछन् शाक्य । भन्छन्, ‘मूल्यको प्रभाव यतिबेला युरोपियन र एसियन दुवै बजारमा परेको छ ।’

गत बुधबारदेखि शुक्रबारसम्म चीन र अमेरिका बिच व्यापार वार्ता चलेको थियो । शुक्रबार वार्ता विफल भएसँगै अमेरिकी राष्ट्रपतिले ३ सय अर्ब अमेरिकी डलरको सामान आयतमा १० प्रतिशत भन्सार शुल्क लगाउनासाथ यसको असर बजारमा पुगेको विश्लेषकहरुको भनाइ छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा पनि त्यसको असर बजारमा परेको शाक्यले बताए । ‘ब्याजदर घटेसँगै अन्य औद्योगिक क्षेत्रमा लगानी गर्नेहरु विकल्पको रुपमा सुनतर्फ आकर्षित भएका छन्’ शाक्यले भने ‘शेयर मार्केट घट्दा लगानीकर्ताहरु सुनतिर आकर्षित भएका हुन् ।’

भारतको जम्मू कश्मीर विवादका कारण पनि नेपाली बजार प्रभावित बन्न पुगेको छ । त्यहाँ आन्दोलन भइरहँदा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुन गएको उनले बताए ।

‘नेपाली रुपैयाँ र भारती रुपैयाँको विनिमय दर फिक्स छ’ उनले भने, ‘झन्डै ३ रुपैयाँ ६० पैसाँ महंगो भइसकेको छ डलरको भाउ । कष्ट अफ प्रोडेक्सन बढेकाले पनि सुनको भाउ बढ्दै गएको हो ।’

सुनको भाउ तत्काल घट्ने सम्भावना नभएको शाक्यले बताए ।

मूल्य बढेसँगै कारोबार सुनसान

चाडबाडको समय नजिकिदैँ गर्दा सुनको व्यापार भने सुस्त देखिएको छ । शाक्यका अनुसार गत वर्ष तीजमा सुनको माग धेरै बढेको र पर्याप्त आपूर्ति नहुँदा माग पूर्ति गर्न नसकेको अवस्था थियो ।

‘यसपाली पनि तीज नजिकैँ आइसेकेको छ खबरहबसँगको कुराकानीमा शाक्यले भने, ‘यति बेलासम्म अर्डर आइसक्नु पर्ने हो, तर सुनको मूल्य बढेपछि उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।’

साउनमा पनि सुनको मूल्य उकालो

‘विगतका वर्षहरुमा जस्तो साउनमा सुनको मूल्य घट्छ भन्ने सोच पछिल्लो समय हट्दै गएको छ’ शाक्यले भने, ‘पहिले साउनमा सुनको मूल्य घट्थ्यो, तर पछिल्ला वर्ष बढ्दै गएको छ ।’

उनकाअनुसार व्यापारमा नेपालको अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध बढेपछि अर्थात २०५० सालपछि नेपाली उपभोक्तामा रहेको उक्त पुरानो मान्यताले फेल खाएको हो ।

‘त्यसअघि सबैलाई असार–साउनमा आर्थिक समस्या पर्ने हुँदा गहना बिक्रीमा आउथे’ उनले भने, ‘जसका कारण बजारमा आपुर्ति बढ्थ्यो र भाउ सस्तो हुन्थ्यो, यो पुरानो बजारको अवस्था हो ।’

साथै मंसिर लगायतका महिना लागेपछि पैसा हातमा आउँछ र सुनको भाउ पनि बढ्छ भन्ने मान्यता मानिसहरुको थियो । त्यो मान्यता पनि पछिल्लो समय हराउँदै गएको उनी बताउँछन् ।

‘५/७ वर्षदेखि त साउन महिनामा पनि भाउ बढिरहेको छ’ उनले भने, ‘केही दिन घटेजस्तो देखिएपनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको पछिल्लो ट्रेन्डले देखाएको छ ।’

सुनको मूल्यमा भएको वृद्धि तत्कालै घट्ने सम्भावना न्यून रहेको विश्लेषण हुन थालेको छ । व्यवसायीका अनुसार न्युर्योकको बजारले २०१९ को अन्तसम्म प्रतिऔस १५ सय पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ०८ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ