प्रहरीलाई नमूना संगठन बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता « Khabarhub

प्रहरीलाई नमूना संगठन बनाइने महानिरीक्षक खनालको प्रतिवद्धता


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनका रुपमा स्थापित गर्न खोजेको बताएका छन् ।

पूर्वप्रहरी संगठनका पदाधिकारीसँग विहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै साङ्गठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयास र समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे उनले जानकारी गराए ।

विशिष्टिकृत अनुसन्धान एकाइको गठन, विध्वङ्.सात्मक गतिविधि नियन्त्रण, लागू.औष.ध तथा अवैध सुन बरामद एवं अ-पराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको प्रहरी महानिरीक्षक खनालले जिकिर गरे ।

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै यस अवधारणा संस्थागत होस् भन्ने चाहेको बताए । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, ला.गुऔष-ध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजश्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए ।

प्रहरी महानिरीक्षक खनालले विज्ञ र संवाहकका रुपमा रहेका पूर्वप्रहरी कर्मचारीसँग रचनात्मक सुझावको अपेक्षा गरिएको बताए । नेपाल पूर्वप्रहरी संगठनका संरक्षक पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्ने नीति ल्याएको भन्दै प्रशंसा गरे ।

पूर्वप्रहरी संगठनका राष्ट्रिय अध्यक्ष पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले शान्तिसुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताए । कार्यक्रममा नेपाल प्रहरीका गतिविधि, चुनौती र भावी कार्यक्रम एवं नेपाल प्रहरीलाई अझै गरिमामय, विश्वासिलो र गतिशील बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ०६ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार