कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार आज बिहान विपरीत दिशाबाट आएको ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् । उनी अर्को मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल रहेका छन् ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १२ : ३६ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको