पाकिस्तानलाई कूटनीतिक कदम पुनर्विचार गर्न भारतको आह्वान « Khabarhub

पाकिस्तानलाई कूटनीतिक कदम पुनर्विचार गर्न भारतको आह्वान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले पाकिस्तानलाई आफ्नो निर्णय पुनर्विचार गर्न आह्वान गरेको छ ।

जम्मू कश्मीरको सम्बन्धमा भारतले चालेको कदमको विरोधमा पाकिस्तानले भारतसँग कूटनीतिक दर्जा घटाएपछि भारतले यस्तो आह्वान गरेको हो ।

भारतीय विदेशमन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पाकिस्तानले बुधबार गरेको निर्णय दूर्भाग्यपूर्ण भएको भन्दै यसबारे पुनर्विचार गर्न आह्वान गरेको छ ।

भारतीय विदेशमन्त्रालयले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई सामान्य बनाउनसमेत पाकिस्तानसमक्ष आग्रह गरेको छ ।

यसअघि भारतीय विदेशमन्त्रालयले जम्मू कश्मीरको विषय आफ्नो मुलुकको आन्तरिक मामिला भएको र यसबारे अन्य मुलुकले टाउको दुखाउनु नपर्ने टिप्पणी गरेको थियो ।

भारतले कश्मीरको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने निर्णयको विरोधमा पाकिस्तानले बुधबार भारतसँगको कूटनीतिक दर्जा घटाउने तथा आफ्नो मुलुकमा रहेका भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको थियो ।

त्यस्तै पाकिस्तानले दुई मुलुकबीचको द्विपक्षीय व्यापारमा प्रतिबन्ध लगाउने तथा द्विपक्षीय सम्झौता पुनर्विचार गर्ने समेत निर्णय गरेको थियो ।

दुबै मुलुकले कश्मीरको सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरको विषयलाई लिएर दुई मुलुकबीच दुई पटकसम्म युद्ध भइसकेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : १३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र