प्राविधिक शिक्षा तथा सीप विकासका लागि दक्षिण कोरियाली विश्वविद्यालयसँग सम्झौता « Khabarhub

प्राविधिक शिक्षा तथा सीप विकासका लागि दक्षिण कोरियाली विश्वविद्यालयसँग सम्झौता


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको नेमसोल विश्वविद्यालय र काठमाडौंको सूर्योदय एजुकेसन फाउन्डेसनबीच औपचारिक शिक्षा र प्राबिधिक सीप बिकास आदान–प्रदान गर्ने बिषयमा सम्झौता भएको छ ।

काठमाडौंमा आयोजना गरिएको सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बिद्यालयका तर्फबाट अन्तरराष्ट्रिय तथा आन्तरिक सहयोग मामिला डिन डा. युन ताय हुन र फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर के. सी.ले हस्ताक्षर गरे ।

दुई संस्थाकाबीच आपसी सम्बन्ध स्थापना भएपछि पढ्न चाहने तर अवसर नपाएका बिद्यार्थीलाई यसबाट लाभ पुग्ने दुवै पक्षको अपेक्षा छ । हस्ताक्षर कार्यक्रममा बोल्दै डिन हुनले कोरियाको शिक्षा अब्बल रहेको दाबी गर्दै, यसका लागि आफू नेपाली शिक्षाको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।

‘हामी नेपालबाहेक चीन, भियतनाम लगायतका देशमा उच्च शिक्षाका कक्षा चलाइरहेका छौँ’ डिन हुनले भने ‘औपचारिक र सीपमुलक दुवै शिक्षामा सहयोग गर्ने हाम्रो इच्छा हो ।’

त्यसै फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर के.सी. ले नेमसोलसँगको सम्बन्धबाट नेपाली जेहेन्दार बिद्यार्थीमा लाभ पु¥याउने बताए । ‘अब एक्लै केही पनि सम्भव छैन’ केसीले भने ‘साझेदारिता जरुरी हो ।’

नेपालको शैक्षिक अवस्था अध्ययन र साझेदारिता सहमति पत्रमा हस्ताक्षर गर्न आएको टोलीले काठमाडौं विश्वविद्यालयसँग आपसी सम्बन्ध विस्तारका लागि प्रस्ताव गरेको छ भने ललितपुरस्थित माइलस्टोल स्कूलसँग सम्झौता गरेको छ ।

आफ्ना गतिविधिका विषयमा जानकारी गराउँदै मञ्चका अध्यक्ष युवराज बिद्रोहीले मञ्चको शिफारिसमा बिश्वबिद्यालयले छात्रबृत्ति दिएर नेपाली बिद्यार्थीलाई पढ्ने अवसर प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै महासचिव बिमलकुमार थापाले आपसी हित र आवश्यकतालाई पूरा गर्ने गरी सम्झौता भएको बताए । साथै अन्तरराष्ट्रिय सम्बन्ध बिभागका प्रमुख चन्द्रमणि भट्टराईले अब नेमसोल बिश्बबिद्यालयसँग आम सञ्चार र पत्रकारिताका बिषयमा औपचारिक शिक्षा, तालिम र कार्यशाला हुने चरणमा रहेको समेत बताए ।

‘नेपाली पत्रकारिता जगतमा वृत्ति बिकास र क्षमता बिकासका अवसर कम छन्’ भट्टराइले भने ‘अब हामी यसलाई बृद्धि गरेर पत्रकारलाई पुनर्ताजगी हुने वातावरण तयार पार्छौ’ । यसमा कहिले पत्रकारको टोली कोरिया पठाउने रकहिले उताका बिज्ञलाई यतै बोलाएर आपसी सिकाइ आदानप्रदान गर्ने उनले बताए ।

डिन हुनको टोलीले नेपाल पत्रकार मञ्चले आयोजना गरेको छलफलमा समेत सहभागिता जनाए । ‘नेपाल आएर अवस्था बुझेपछि शैक्षिक गतिबिधि थप गर्न मलाई हौसला मिलेको छ’ कार्यक्रममा बोल्दै डिन हुनले भने ‘पत्रकारका अध्ययन गर्ने अवसर या तालिम लिने अवसर उपलब्ध गराउन यहाँबाट फर्कने बित्तिकै छलफल चलाउँछु ।’

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ३३ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,