सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध अपमानजनक तथा नकारात्मक टिप्पणी गर्दै चरित्रहत्या गरिएको भन्दै उजुरी दिएपछि नेपाल प्रहरी साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो ।

ब्युरोका अनुसार ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार काठमाडौंको सतुंगल क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्यादसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।

सांसद ओलीले फेसबुकमा पोस्ट गरिएका आफ्ना तस्बिर तथा सामग्रीमा अशोभनीय शब्द प्रयोग गर्दै प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास भएको दाबी गर्दै प्रधुमन श्रेष्ठसहित करिब तीन दर्जन व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी छन् ।

साइबर ब्युरोले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ३९ बजे

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

कास्की – धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले