भारतविरुद्ध सैनिक विकल्पबारे ध्यान नदिएको पाकिस्तानको भनाइ « Khabarhub

भारतविरुद्ध सैनिक विकल्पबारे ध्यान नदिएको पाकिस्तानको भनाइ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० र ३५ ए खारेज गरी जम्मू कश्मीरलाई केन्द्र प्रशासित दुई राज्यमा विभाजन गर्ने भारत सरकारको निर्णयविरुद्ध ‘सैनिक विकल्प’ प्रति पाकिस्तानले ध्यान नदिएको पाकिस्तानी विदेशमन्त्रीले जनाएका छन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महदुम कुरेशीले राजधानी इस्लामावादमा पत्रकार सम्मेलन गर्दै भारतविरुद्ध सैनिक कदम चाल्न पाकिस्तान तयार नभएको जनाएका हुन् । यद्यपि उनले भारतको कुनै किसिमको सैनिक आक्रमकताको जवाफ दिन भने पाकिस्तान तयार रहेको जनाएका छन् ।

कश्मीरबारे भारतीय निर्णयप्रति पाकिस्तानले विभिन्न कदमहरु चालिरहेका बेला पाकिस्तानी विदेशमन्त्रीले सैनिक कदमका लागि खुला नरहेको जनाएका हुन् ।

भारत र पाकिस्तानबीच कश्मीरको सार्वभौमिकतालाई लिएर विवाद छ । दुई मुलुकबीच कश्मीरकै विवादलाई लिएर दुई पटक युद्ध भइसकेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ४१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले