लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङको यातायात सेवा प्रभावित « Khabarhub

लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङको यातायात सेवा प्रभावित


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्लाको तुरतुरे ताल फुटेर बडिगाड खोलामा आएको बाढीले सडक बगाएपछि मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएको छ ।

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा चार दिनदेखि मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङको यातायात सेवा प्रभावित भएको छ ।

लोकमार्ग खुल्न अझै तीन साता लाग्ने छ । सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीका सवारीसाधन ठप्प छन् ।
सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँतर्फ गुड्ने सवारीसाधन बडिगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरे आएर रोकिन्छन् ।

लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए ।

आयोजनाका इञ्जिनीयर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम शुरु भएको छ । बाढीले झण्डै २५० मिटर सडक भत्काएको छ ।

लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । गत वर्ष पहिराले बडिगाड खोला थुनिँदा करीब १०० किमी क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ३२ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा