प्रत्यारोपण गरिएका अंग जोगाउन थाहा पाउनुहोस् यी कुरा « Khabarhub

प्रत्यारोपण गरिएका अंग जोगाउन थाहा पाउनुहोस् यी कुरा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ आविश्कार सँगै मानव शरीरका विभिन्न अंग प्रत्यारोपण गर्ने प्रविधिको विकास भएसँगै मानिसका कुनै अंगले काम नगर्दा प्रत्यारोपण गर्ने गरिन्छ ।

मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ सरकारले पारित गरेपछि नेपालमा ब्रेनडेथ भएका मानिसको सक्रिय अंग निकालेर प्रत्यारोपण गर्ने बाटो खोलेको छ ।

ब्रेनडेथ भएका मानिसबाट दुईवटा मिर्गौला, फोक्सो, मुटु, प्याङ्क्रियाज, आँखा, सानो आन्द्रालगायतका आठ अंग प्रत्यारोपण गर्न सकिन्छ।

अंगदान गरिसकेपछि पनि प्रत्यारोपण फेल हुन सक्छ। प्रत्यारोपण गरिएका अंगले सक्रिय रूपमा काम गर्छन् भन्ने पूर्ण ग्यारेन्टी भने हुँदैन। यसका विभिन्न कारण छन्।

प्रत्यारोपण गरिएका मानव अंग फेल हुने कारण

– प्रत्यारोपण गरिएका अंग रक्तसञ्चारमा सक्रिय हुन नसक्दा कतिपय अवस्थामा फेल हुने सम्भावना हुन्छ ।

-पहिले प्रयोग गरेका र प्रत्यारोपण गरेपछिका औषधि फरक भएमा पनि अंग फेल हुन्छ।

-मिर्गौला प्रत्यारोपण गरिसकेपछि केही समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ।

प्रत्यारोपण गरिएको अंग फेल हुनबाट बच्न यसरी बच्न सकिन्छ

  • लेभल मेन्टेन गरेर नियमित रूपमा औषधि खानुपर्छ।
  • नियमित फलोअपमा जानुपर्छ।
  • ताजा, सफा र सन्तुलित खाना मात्र खाने।
  • बाहिरको खाना खाँदैनखाने।
  • उमालेको पानी प्रशस्त पिउने।
  • धेरै भिडभाडमा जाँदा छातीको संक्रमण हुन्छ।
  • भिडभाडबाट टाढा रहन मास्क लगाएर हिँड्ने।
  • अन्य विभिन्न इन्फेक्सनबाट बच्ने।
  • सुगरको मात्रा र रक्तचाप सधैँ ठीक राख्ने।
  • पिसाबको संक्रमणबाट बच्ने।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ३० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन