‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’ | Khabarhub Khabarhub

‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए ।

‘परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ’, उनले भने । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्नेछ बताए । काठमाडौं महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुआतसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताए ।

मजदूर सङ्घका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : २० बजे

युवालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई

थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित

ब्याङ्कक – थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी

सुनसरी– सुनसरीको सदरमुकास्थित इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष

राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय

एमालेलाई चौतारीको सुझाव- राष्ट्रपति भइसकेकालाई राजनीतिमा रोक्न संविधानमै व्यवस्था गरौँ

काठमाडौ- प्रमुख सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी