४० परिवारको चार बिघा खेती लगाइएको जग्गा नदीले बगायो « Khabarhub

४० परिवारको चार बिघा खेती लगाइएको जग्गा नदीले बगायो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ ।

तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ ।

नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए ।

लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उनले भने, “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्छ ।”

नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाले बताए । ५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन् ।

नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताए । उनले भने “थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घरनै बगाउने चिन्ता छ ।” गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नदीले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुगेका नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले विपद्को जोखिममा परेका बासिन्दासँगै रेडक्रस रहेको बताए। तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय तहले जग्गा कटान हुनबाट जोगाउनका लागि प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । नदीमा पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ । वितग पाँच वर्षको अवधिमै यस क्षेत्रका बासिन्दाको २०० बढी बिघा जग्गा नदीले कटान गरी बगरमा परिणत गरिसकेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : ५२ बजे

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय  वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान