ट्याक्टर घर भित्र छिर्दा १३ वर्षीय अनिलको ज्यान गयो « Khabarhub

ट्याक्टर घर भित्र छिर्दा १३ वर्षीय अनिलको ज्यान गयो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङ, धनुषा र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गलौरास्थित सडकमा रा.१ त २६३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा सर्केनी बिकको १३ वर्षीय छोरा अनिल सुनारको मृत्यु भएको छ ।

सर्केनीको घरमा उक्त ट्याक्टर ठोक्किएर गारो फोडी ठक्कर दिंदा गम्भीर घाइते भएका अनिलको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा ज.१२ प ७९९७ नम्बरको मोटरसाइकलकले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका साईकलयात्री सोही स्थान बस्ने ४५ वर्षीय नवल यादवको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मिथिला विहारी नगरपालिका-३ का २५ वर्षीय चन्दन साह र ३५ वर्षीय बिजय साहलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-३ स्थित सडकमा बा.२१ च ४४४१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएकी एम्बुलेन्समा सवार बर्दिवास नगरपालिका-३ बस्ने ५० वर्षीया तारा वादीको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका पैदलयात्री धनुषा मिथिला विहारी नगरपालिका-४ बस्ने २१ वर्षीय रोशन बराईली सहित अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १ : १९ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले